कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला



पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुई मजदुर मृत फेला परेका छन् । कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएका दुई मजदुर छुट्टाछुट्टै स्थानमा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिन्धुलीको गोलाचौर गाउँपालिका–६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी नदीमा मृत भेटिएका हुन् ।

अस्लामी बगनासकाली गाउँपालिका–६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडकखण्डको अस्थायी क्याम्पमा बसेर सोही सडकखण्डमा डोजर अप्रेटरको काम गर्दै आएका थिए ।

उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीसँगै क्याम्पमा सुतेकामा २७ गते बिहान विस्तारामा नभएको र खोजतलास गर्दा पाँच दिनपछि शनिबार राति मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार अस्लामीले मोबाईल विस्तारामा नै छोडेर गएको र सिसिटिभी फुटेज हेर्दा राति क्याम्पबाट बाहिर निस्किएको देखिएकाले खोजतलास गर्ने क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत फेला पारिएको हो ।

यस्तै, कालीगण्डकी नदीमै मृत फेला परेका रास्कोटी पाल्पास्थित राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा श्रमिकका रूपमा काम गर्दै आएका थिए । उनी नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

रास्कोटी खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल पानीमा मृत फेला परेका प्रहरी नायब उपरीक्षक मल्लले बताए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिङ्गो दलित परिवार नै नागरिकताविहीन

सप्तरी । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय गाडी इन्द्रसरोवरमा दुर्घटना

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना भएको छ ।

काभ्रेको बेथानचोकस्थित गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर

काभ्रे । काभ्रे जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा