ग्वार्को ओभरपासबारे



-अर्जुनजंग थापा

ग्वार्को ओभरपासमा दक्षिण पट्टिको Ramp मा केही त्रुटी देखिएकाले त्यसलाई भत्काएर पुननिर्माण गर्ने काम भइरहेकोबारे धेरै नै नकारात्मक टिप्पणी पढ्न पाइएको छ । यो प्रकारको संरचना नेपाली व्यवसायी र इन्जिनियरले पहिलो पल्ट निर्माण गरिरहेका छन् । गल्ती गर्दै सिक्दै छन् । व्यवसायीले टेकु पुल र मीनभवन नजिकको बागमती पुलमा जस्तो गैरजिम्मेवारीपन देखाएका छैनन् । आजभन्दा करिब ५० वर्ष अघि टेकुको विष्णुमती पुल जो १४ मिटर स्पानको छ, निर्माण गर्दा बहुत डर लागेको थियो भनेर तत्कालीन एक अग्रजले भन्नु भएको थियो । ग्वार्कोमा यस्तै केही भइरहेको होला ।

ग्वार्कोमा कंक्रिटको एउटा प्यानलको Joint Gap बढेको बाहेक अन्य कुनै समस्याहरु छैनन् । त्यो जोखिम नलिन त्यसलाई जगसम्म भत्काएर पुनःनिर्माण गरिँदै रहेछ । त्यो पुनःनिर्माण एक महिनाभित्र सम्पन्न हुन्छ ।
नागढुंगा सुरुङमार्गमा पनि हाज्माले निर्माण गरेको एउटा RE Wall भत्केको हुँदा त्यसलाई हटाएर नयाँ निर्माण गरिएको कसैलाई थाहा नहुन सक्छ । निप्पन कोइ र हाजमा जस्ता ख्याति प्राप्त परामर्शदाता र व्यावसायीले गरेको काममा त्रुटी हुन्छ भने सिकारू नेपालीकोमा नहुने प्रश्न होइन ।

नियत खराब भएको भए, एउटा प्यानलको Joint Gap बढेको कसले देख्छ र भनेर त्यसै छोड्न पनि त सक्थे । जति पटक काम दोहोर्यायो, त्यो सबै खर्च व्यवसायीले आफ्नो घरघरानाबाट व्यहोर्ने हो । कसले जानीजानी नोक्सानी गर्न खोज्छ र ? यात्रुले सास्ती भोग्न परेको छ । ट्राफिक प्रहरीलाई दुःख भइरहेको छ । यसलाई चाँडो भन्दा चाँडो निर्माण सम्पन्न गर्न सके यसबाट भोग्न परेको सास्ती कम हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान र हितेन्द्रको रिट हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी

विदेशबाट फर्केर बगरमा तरभुजाखेती

देउखुरी । दाङ लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल

प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत

काठमाडौं । सरकारले आगामी पाँच आर्थिक वर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध

एकसय १८ घण्टा २१ मिनेट चलेको हिउँदे अधिवेशनमा ५ वटा विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशनबाट विभिन्न पाँच विधेयक पारित भएका छन् ।