पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने



काठमाडौं। विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।

सञ्चालनका लागि अग्निहोतृ नै चाहिने र सो तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति चार शिवालयमा रहेको अग्निहोतृशाला बन्द थियो । पशुपति क्षेत्रमा गुठी संस्थानको व्यवस्थापनमा सो सञ्चालनमा रहेको थियो । संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा वैशाखदेखि पुनः सञ्चालन गर्न लागिएको सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

अग्निहोतृको खोजी भइसकेकाले वैशाखदेखि सञ्चालन गर्न लागिएको उनले बताए। अग्निहोतृशालामा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति गर्ने व्यवस्था पनि गर्न लागिएको छ ।

विगत दुई वर्षअघिसम्म गौशालाका गौतम थरका अग्निहोतृले अग्निहोतृशाला सञ्चालन गरिरहेका थिए । गौतम परिवारमा यससम्बन्धी ज्ञान भएका कोही नभएपछि विगत दुई वर्षदेखि बन्द भएको हो ।

अग्निहोतृ परिवारकी डा माया गौतम पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोतृशाला नियमित सञ्चालन हुँदै आएको बताउँछिन् । यसमा चासो राख्ने कोही नभएकैले विगत दुई वर्षदेखि बन्द भएको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनः त्रिविका ११ आङ्गिक क्याम्पसमा अघि बढेन प्रक्रिया

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

गुल्मीमा हत्या र काभ्रेमा शृङ्खलाबद्ध डकैतीमा संलग्न गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ

काठमाडौँ । हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ

सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षणः तयारी चुस्त बनाउन निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र