लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय



नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद सजाय तोकिएको छ ।

बिहीबार जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तालाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए । यसअघि २१ फागुनमा अदालतले गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको थियो ।

गुप्तासँगै लागुऔषध मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।

प्रहरीले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो । गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीआरआईमार्फत नेपाल-चीन सहकार्य अझै मजबुत हुँदै गएको छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी

उपसमिति बनाएर भएपनि तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

नारायण न्यौपाने, भक्तपुर । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन

टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस  । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा