सरकारको आम्दानीभन्दा खर्च बढी



काठमाडौँ । सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने साढे तीन खर्ब हाराहारी मौज्दात देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले सात महिनामा सात खर्ब ५४ अर्ब ८५ करोड खर्च गरेको छ । जसमध्ये चालु खर्च पाँच खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब ६३ अर्ब ८१ करोड रहेको छ ।

यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने ६ खर्ब ४२ अर्ब ८५ करोड मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व पाँच खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व ७७ अर्ब २१ करोड रहेको छ ।

यसरी सरकारले उठाएको आन्तरिक राजस्वभन्दा खर्च बढी देखिए पनि गत माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा तीन खर्ब ५० अर्ब सात करोड नगद मौज्दात रहेको छ । यो राष्ट्र बैंकमा रहेका तीनवटै तहका सरकारको खातामा रहेको रकम हो । गत असार मसान्तसम्ममा सरकारी खातामा ८३ अर्ब ९९ करोड मौज्दात रहेको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा प्रदेश सरकारको कूल खर्च ५१ अर्ब ९० करोड र स्रोत परिचालन एक खर्ब एक अर्ब ८९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी  ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २० अर्ब ९५ करोड रहेको छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो सात महिनामा विस्तृत मुद्राप्रदाय चार प्रतिशतभन्दा बढीले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने गत माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १० दशमलव एक प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार

अछाममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

अछाम । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको

राष्ट्रियसभा अध्यक्षद्वारा चार विधेयक प्रमाणित

  काठमाडौँ । राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले

मुलुकमा १७ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिती

काठमाडौं । मुलुकमा सात महिनामा विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेको छ ।