कुलमान घिसिङले चाहे जसरी सरकार अघि बढ्न सक्दैनः उर्जामन्त्री खड्का



काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई अटेरी गरेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले घिसिङले सरकारलाई असहयोग गरेको आरोप लगाएका हुन् ।

घिसिङले चाहे जसरी सरकार अघि बढ्न नसक्ने पनि बताए । मन्त्री खड्काले घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको भ्रम सांसदहरूलाई नपाल्न पनि आग्रह गरे ।

उनले भने, ‘लोडसेडिङको अन्त्य हुँदै गर्दा हामीहरूले भारतबाट ४५० मेगावाट विद्युत् आयात गरेका थियौँ । ४२५ मेगावाट आवश्यक थियो । अर्कोतिर उद्योगधन्दामा लाइन कम दिएर लोडसेडिङ कम भयो भन्यौँ । आवश्यकता परिपूर्ति गर्दिएकोमा भारतलाई धन्यवाद दिऔँ । तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई जानुपर्छ ।’

उनले कुलमानले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नपाठाएकोले शून्य नम्बर दिएको बताए । मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणले हुँदै नभएको नाफा देखाएको आरोप समेत लगाए ।

उनले ट्रंक र डेडिकेटेड लाइनको उठ्न बाँकी भनिएको महसुललाई समेत नाफामा बाँधेर नाफा देखाइएको र यसैका आधारमा प्रिमियममा मूल्यमा जनतालाई शेयर जारी गर्न यो देखाइएको बताए । उनले प्राधिकरण सञ्चालक समितिले प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गर्न निर्णय गरे पनि कुलमानले नटेरेको आरोप लगाए ।

उनले भने, ‘हामीले ९ पटकसम्म लिखित अनुरोध गर्यौँ । उहाँले सुन्नुभएन, गर्नुभएन, अझै भन्ने हो भने टेर्नुभएन । उहाँले चाहिँ जे गरे पनि कानुन नलाग्ने हो ? हो भने भनिदिनुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

राष्ट्रपति पौडेलसमक्ष ६ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न ६ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले