क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँ–हङकङ दैनिक एक उडान गर्ने



काठमाडौँ । क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ । नेपालमा सन् २००७ को डिसेम्बर २ देखि ड्रागन एयरलाईन्सले उडान भर्न सुरु गरेपनि पछिल्लो समय भने सोही कम्पनीको क्याथे प्यासिफिक एयरलाईन्सले हप्ताको पाँच पटक उडान भर्दै आएको थियो ।

क्याथे प्यासिफिक एयरलाईन्सकी नेपाल प्रमुख जुनु मलेखुले आगामी मार्च ३१ देखि हङकङ र नेपालबीचको उडानलाई थप गरी दैनिक एक उडान भर्न लागेको जानकारी दिए । उनले नेपाल आउने तथा हङकङ हुँदै अन्य मुलुक जाने यात्रुलाई थप सुविधा प्रदान गर्नका लागि उडान थप गर्न लागिएको बताए ।

क्याथे प्यासिफिकले मङ्गलबार राति उत्कृष्ट कार्गो तथा ट्राभल कम्पनीलाई सम्मान गर्न आयोजित कार्यक्रममा मलेखुले कार्गो र ट्राभल कम्पनीको साथ र सहयोगका कारण आफूहरुले थप सेवा विस्तार गर्न सफल भएको बताए ।

कार्यक्रममा क्याथे प्यासिफिकका दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राईकारले क्याथेले सन् २०२५ मा थप नयाँ गन्तव्यमा उडान भर्नेगरी आफ्नो सेवा विस्तार गर्न लागेको बताए । उक्त एयरलाईन्सले आगामी २४ अप्रिलदेखि हङकङदेखि संयुक्त राज्य अमेरिकाको डलाससम्म उडान भर्न लागेको छ ।

जीएसए अमरावती ट्राभल्स प्रालिका अध्यक्ष सिद्धार्थशम्शेर जङ्गबहादुर राणाले क्याथेले आफ्नो सेवा थप गर्दा नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने बताए । कार्यक्रममा राईजिङ स्टार कार्गो प्रालि, हिमालयन कार्गो, जिएमके कार्गो, सांग्रीला इन्टरनेशनल फेल्ट कार्गो र पायोनियर कार्गोलाई सम्मान गरिएको थियो ।

यस्तै, ट्राभल्स कम्पनीतर्फ ग्रीनल्याण्ड होलिडे, सिरिन ट्राभल, रुपाकोट इन्टरनेशनल ट्राभल, दाभिन्ची ट्राभल, सुमेघ ट्राभल, प्रभास ट्राभल एण्ड टुर्स प्रालि, सी लिंक्स ट्राभल्स एण्ड टुर्स प्रालि, सेभेन स्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स प्रालि, वोन ट्राभल प्रालि र ओशो वल्र्ड ट्राभल नेपाललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होमस्टेले हौसिए फोक्सिङ्गकोटवासी

रामचन्द्र रायमाझी, तानसेन (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु

यसरी गरिँदैछ गलेश्वर बजारको सौन्दर्यकरण

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुवात भएको

गृह मन्त्रालयद्वारा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन, को कहाँ ?(सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’