अमेरिकाबाट डिपोर्ट भएका नेपालीमाथि मानव बेचबिखन ब्युरोले अनुसन्धान गर्ने



काठमाडौँ । आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

अमेरिकाको ‘चार्डट’ विमानबाट बुधबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमनको प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्मा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौँ  आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे । यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् ।

‘हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौँ’, अधिकृत अर्यालले भने, “चार्टट विमानबाट आउनुभएका आठ जनाका सम्बन्धमा नेपाल प्रहरीले अनुसन्धान गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होमस्टेले हौसिए फोक्सिङ्गकोटवासी

रामचन्द्र रायमाझी, तानसेन (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु

यसरी गरिँदैछ गलेश्वर बजारको सौन्दर्यकरण

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुवात भएको

गृह मन्त्रालयद्वारा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन, को कहाँ ?(सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

भोजपुर । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’