ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम गरिएको मुद्दामा विशेष अदालतलेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले ११० जनालाई प्रतिवादी कायम गरी विशेष अदालतमा २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले २०८० फागुन ३ गते गरेको फैसलाबाट केही प्रतिवादीहरूलाई सफाइ र केहीलाई आंशिक सफाइ दिएको भन्दै आयोगले पुनरावेदन गरेको हो ।