बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप
काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि मेलम्चीको पाइप फुटेको छ । मंगलबार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर केही पसलहरुमा पानी पसेको छ । त्यस्तै पाइप फुटेपछि सडकसमेत अवरुद्ध भएको छ ।
अहिले पाइप मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ । पाइप के कारणले फुट्यो भन्ने थाहा नभएको प्रहरीको भनाइ छ । यसअघि पनि बबरमहलमा विद्युत प्राधिकरणले काम गर्ने बेलामा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक र सरकारी कार्यलय जलमग्न भएका थिए ।
भिडियोः गोविन्द खड्का