रुपन्देहीको दंगचैयामा एक युवकको गोली हानी हत्या
बुटवल । रुपन्देहीको मायादेवीमा एकजनाको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार मायादेवी गाउपालिका वडा नम्बर २ दंगचैयाका अनिल भन्ने राकेश सिंह लोधको गोली प्रहार गरी हत्या भएको हो ।
बिहान अवेरसम्म नउठेका उनलाई स्थानीयले घरको बरन्डामा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज खत्रीले लोधकोे निधार र कन्चटमा घाउ देखिएको बताए ।
उनले घाउ हेर्दा गोली प्रहार जस्तो देखिएको उनले बताए । गाउँमै खेती किसानी गर्दै आएका २९ वर्षीय लोध घरमा एक्लै बस्ने गर्दथे । घटना पछि मृतकका दाजु दीपक लोेध फरार छन् । उनीहरूका बीचमा अंश विवाद रहेको स्थानीयले बताएका छन् ।