भूकम्पमा भाग्दा काठमाडौँमा दुईजना घाइते



काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको छ दशमलव एक म्याग्निच्युडको भूकम्पका बेला भाग्दा काठमाडौँमा दुई जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिए ।

घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे रहेका छन् ।

थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पुर्वी नेपालका केही जिल्लाहरूमा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुपाल्चोकमा भूकम्पबाट ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति

काठमाडौँ । सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्प धेरै जिल्लामा

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

गोरखा। बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध

खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ