खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध



सङ्खुवासभा। कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ।

सोमबार बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो। पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन्। पहिरोले करिब ३० मिटर सडक पुरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठमेलमा प्रहरी कुटपिटमा संलग्न अखिल नेता धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले

यस्तो छ महाशिवरात्रीमा उपत्यकाको ट्राफिक व्यवस्थापन

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न

सरकारले फेरि बोलायो ‘नो केबलकार समूह’लाई वार्तामा

काठमाडौं । सरकारले नो केबलकार समूहलाई वार्तामा बोलाएको छ । पाथीभरा क्षेत्रमा निर्माणाधीन

सशस्त्र प्रहरी बललाई कस्तो बनाउने ? यस्ता छन् सांसदहरुका सुझाव

  काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन