नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्था गर्ने ओडिसाका मुख्यमन्त्रीको आश्वासन



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे शनिबार ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।

परराष्ट्रमन्त्री राणाले मुख्यमन्त्री माझीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिइन् ।

त्यसक्रममा मन्त्री राणाले नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि आग्रह गरेकी छन् ।

मन्त्री राणाले भनिन्, ‘यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकोले उहाँहरुको समन्वयका लागि पनि मैले मुख्यमन्त्री माझीसँग आग्रह गरेँ । उहाँले यस घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो । साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो ।’

परराष्ट्रमन्त्री राणाले यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना कार्यक्रम

कञ्चनपुर । आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको

महाशिवरात्रिमा आकर्षक बनाइँदै पशुपति क्षेत्र

काठमाडौं । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको

मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी

कमलामाई । कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका

तनाव बढेपछि ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा