‘स्काइवाक टावर ’मा प्रधानमन्त्री ओली



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन्।

प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिए।

पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेको अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए।

कूल ७८ दशमलव ५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्ने गरिन्छ। दुई वटा लिफ्ट रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

दोधारा चाँदनी ।कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड)

हुम्लाको अदानचुलीमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आएपछि…

अदानचुली, (हुम्ला) । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र

निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर