नेपाली विद्यार्थीलाई सुरक्षित पठनपाठनको व्यवस्था मिलाउन ओडिसाका शिक्षामन्त्रीलाई परराष्ट्रमन्त्रीको आग्रह



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले ओडिसाका शिक्षामन्त्री सूर्यवंशी सुरजसँग नेपालका विद्यार्थीको सुरक्षाकाबारेमा चासो राखेकी छन् ।

परराष्ट्रमन्त्री राणाले बुधबार टेलिफोन गरी शिक्षामन्त्री सुरजसँग नेपाली विद्यार्थीको सुरक्षाकोबारेमा कुराकानी गरेकी हुन् ।

उनले प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिएकी छन् ।

जवाफमा मन्त्री सुरजले यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए । साथै मन्त्री सुरजले यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको बताए ।

त्यस्तै उनले कलेजमा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि दिएका थिए । कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताएका छन् ।

यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब

सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न

तनहुँ । देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

झापा। “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत

दिक्तेलमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार

खोटाङ । अकबरे खुर्सानीको मूल्य  खोटाङमा हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल