मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर अस्पतालका गार्डसँग कुरा गरेपछि…



जनकपुरधाम । केही दिनयता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका निजी अस्पतालको अनुगमन गरिरहेका छन् । मुख्यमन्त्रीले अनुगमन सुरु गरेपछि कतिपय अस्पताल बन्द भएका छन् भने कतिपयले अस्पताल बन्द रहेको भन्दै भित्र उपचार गर्ने गरेको समेत पाइएको छ ।

त्यस्तै निजी अस्पतालले विरामी ल्याइदिने एम्बुलेन्स चालकलाई कसिमन दिने गरेको समेत पाइएको छ । मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर एक निजी अस्पतालका सुरक्षागार्डसँग फोन संवाद गरेको भिडियो सार्वजनिक भएको छ ।

मुख्यमन्त्री सिंहले सरोज नाम गरेको ३११२ नम्बरको एम्बुलेन्स चालकको परिचय दिँदै आफूले मोटो रकम तिर्ने बिरामी लिएर आएको बताएपछि अस्पतालका सुरक्षागार्डले चेकिङका कारण जनकपुर मोडल अस्पताल आइतबार १२ बजे बन्द भएकाले नजिकका गोदावरी अस्पतालमा बिरामीलाई लैजान सल्लाह दिएका छन् ।

एम्बुलेन्स चालकको परिचय दिएर कुरा गरिरहेका मुख्यमन्त्री सिंहले गोदावरी अस्पतालले राम्रो कमिसन दिने कि नदिने प्रश्न गर्दा ती सुरक्षागार्डले त्यस विषयमा कुराकानी गर्नुपर्ने बताएका छन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

सर्लाही । सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आम नागरिकको चासो छः महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही

सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा(फोटोफिचर)

काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्रा शुरु भएको छ । शनिबारदेखि मत्स्येन्द्र बहालदेखि शुरु

रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा