पोखरामा जलेर घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै, अवस्था खतरामुक्त



काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उनले दिए ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएका र अहिले उपचार चलिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मानव अधिकार आयोगद्वारा प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल

पृतनापति समन्वयात्मक बैठक सुरु

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना

एउटै प्रकृतिका कामका लागि स्थापना भएका संरचना गाभ्ने तथा खारेज गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक–फरक संरचना गाभ्ने, खारेज

जिपले स्कुटरलाई ठक्कर दिँदा पोखरामा एकजनाको मृत्यु

पोखरा । पोखराको फिर्केमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक