समाजमा सुशासन स्थापना गर्ने प्रवृत्ति



-डा. लछी सिंह

सर्वप्रथम म समाज शब्दको उत्पति कहाँ र कहिलेबाट भएको प्रष्ट पार्न चाहन्छु । यो शब्द पहिले ल्याटिन भाषाको सोसिय(Social) बाट उत्पन्न भएको हो । यसका प्रथमध्याता’एडम’हुन् र यसको उच्चारण (११) एघारौं  शताब्दीमा भएको हो । मानव विकासको लागि समाजको उपयोग भएको थियो । जसको अर्थ हो साथीभाइ, समुह, संघ, टोल, क्लब, पार्टी र संगति आदि…आदि…हुन् । समाजमा एक भन्दा धेरै मानिसहरुको समूह वा उपस्थिति हो । समाज शब्दले गाउँ , टोल समुह, क्लब र शहरमा एक ठाउँमा बसोबास गर्ने परिवार वा व्यक्तिहरुको समूहलाई जनाउँछ । एक क्षेत्रमा बसोबास गर्ने मानिसहरुको संञ्जाल समाज हो । समाजमा विभिन्न जातजाति, धार्मिक, उमेर र वर्गका मानिसहरुको बसोबास हुन्छ । यसमा विभिन्न भूगोल, क्षेत्र, धर्म, संस्कृति र वर्गबाट आएका मिश्रित व्यक्तिहरु हुन्छन् र विभिन्न सिपका व्यक्तिहरुको टोली हुन्छ । समाजको महत्व मानव विकासको लागि बढी मानिन्छ । अर्को अर्थमा समाजलाई एकआपसमा आश्रित हुन, सामूहिक पहिचान गराउनु, सामूहिक सहयोग गर्नु र सामूहिक उद्देश्य प्राप्तिका लागि समूहमा एकताबद्ध हुनु र आफनो विकास आफैंले गर्नु हो । समाजको विकास सिलसिलामा समाज र सुशासन बीचको सम्बन्ध घनिष्ठ हुन्छ । सुशासनको सम्बन्ध समाजदेखि राष्ट्र र अन्तर्राष्ट्रियसम्म जोडिएको हुन्छ । त्यसैले समाजमा असल सुशासन स्थापना गर्न अतिआवश्यक देखिएको छ । समाजमा सुशासन कसरी स्थापना हुन्छ भन्ने बारे तल व्याख्या गरिएको छ ।

शुरुमा हामी सबैले सुशासन के हो भन्ने बारे जान अतिआवश्यक छ । सुशासन भनेको असल र कुशल शासनको शासकीय पद्धति हो । सुशासनले समाजमा शान्ति, स्वच्छ, स्थायित्व र समृद्धि ल्याउने बाटोमा पुर्याउँछ । सुशासन भनेको सरकारले समाजका जनतालाई पारदर्शिता, जवाफदेहिता, सहभागिता, कानूनी शासन, प्रभावकारिता र समानता जस्ता सिद्धान्तहरुमा आधारित असल शासनदिने प्रणली हो । यसले समाजकाअधिकार र कर्तव्यलाई सम्मान गर्ने तथा सार्वजनिक स्रोतहरुको उचित व्यवस्था र न्यायसंगत प्रयोग गरी जनताको सेवामा छिटो छरितो गर्ने मुख्य उद्देश्य बोकेको हुन्छ । जनताको करको रकमले सरकारले आफनो दैनिक व्यवस्थापन संचालन गरेकोले समाज विकासको लागि सम्पूर्ण कार्य सरकारले निस्वार्थ भावनाले गरी सम्पूर्ण जनताका सेवाहरु छिटो छरितो दिने कार्यको थालनी गर्नुपर्छ । वर्तमान परिस्थितिमा जनताको कार्यलाई बीचैमा अल्झाई काम सम्पनतामा ढिलासुस्ती गर्ने व्यवस्था भएकोले सुशासनको दायरामा सरकार पछाडी हटेको छ । अब यसरी समाजले समयमा आफूलाई चाहेको सेवा पाएन भने समाज आफैं क्रियाशील भई सरकारको काममा बाधा पुर्याउने उद्देश्यले अगाडी बढ्नेछ । समाज र सरकार बीचको सम्बन्धमा ठूलो खाडलको अन्तर देखिएको छ ।

यदि सरकारले सुशासनको स्थापना आफुले प्रदान गर्ने सेवा, सुविधा, कर्तव्य र अधिकारमा लागु गरेन भने समाजले सरकारको संचालनमा हस्तक्षेप गर्ने मौका पाउनेछ । समाजमा सुशासन स्थापनाको लागि चरणबद्ध कार्यक्रम संचालन गरिनुपर्छ ।

१) सुशासनको परिभाषा, अर्थ र प्रकृया सम्बन्धि समाजमा व्यापक रुपमा जंनचेतना अभिवृद्धि गरिने छ । समाजका जनतालाई सुशासन सम्बन्धि ज्ञाता बनाई सुशासन सम्बन्धि बिषयलाई स्मार्ट बनाउने पहिलो कार्य समाजमा हुनेछ । समाजमा सरकारको काम, कर्तव्य र अधिकार सम्बन्धि राम्रो ज्ञान दिने कार्यगोष्ठी संचालन गर्नु पर्ने हुन्छ । साथै सरकार र समाजबीचको सम्बन्धबारे प्रष्ट पारिने क्रियाकलापमा बढी ध्यान दिइनेछ । विकासको कामको लागि समाजको अधिकार सम्बन्धि प्रष्ट बुझाईनेछ । त्यसपछि मात्र समाजकासबै मानिसहरुको सिपतथा ज्ञान स्मार्ट बंन्ने छ र आफनो अधिकार आफैं खोल्नेछन् ।

२) सुशासन सम्बन्धि सरकारको प्रत्येक स्तरमा सरकार र समाजबीचको सम्बन्ध र अधिकार के हुनुपर्छ भन्नेबारे राम्रो ज्ञानको जानकारी दिनुपर्छ । सरकारका सबै तहमा वा निकायका शासकीयहरुलाई समाजको परिभाषा र समाजको अधिकार सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने कार्य गरिने छ । समाज र सरकारबीच संयुक्तरुपमा कार्यशाला गोष्ठी संचालन गरिनेछ र दुबैपक्षको काम, कर्तव्य र अधिकार सम्बन्धि जनचेतना अभिवृद्धि गरिने छ ।

३) जब सुशासनको स्थापना समाजदेखि सरकारसम्म असल तथा कुशल हुँदैन तबसम्म समाज र देशको विकास राम्रो किसिमले हुन सक्दैन । समाज र सरकार बीचको सम्बन्ध स्मार्ट हुनपर्छ । जब समाजदेखि देशसम्म सबै नियम कानुन स्मार्ट हुँदैन तब देशको विकास समान्तरले हुन सक्दैन । यदि माथिउल्लेख गरे जस्तो भएमा नेपाललाई पनि स्वीजरल्याण्ड जस्तो विकासमा स्मार्ट बनाउन सकिन्छ ।

४) सरकार र समाजबीचको ठूलो खाडल अन्तर पता लगाउनु र स्मार्ट विकासका कार्य अगाडी बढाउनु विभिन्न क्रियाकलाप गर्नु पर्ने हुन्छ । समाजमा सुशासन स्थापना गर्न अतिआवश्यक छ । वर्तमानमा परिस्थितिमा समाजमा धेरै विज्ञहरुको टोली छ । टोलीलाई नेपाल सरकारले कदर गरी कुशल तथा असल सुशासन स्थापनाका लागि प्रयोगमा ल्याउनपर्ने हुन्छ । अब समाज, समुह, टोल, चौतारा, क्लब र मेलापौवामा सधैं समाजले सुशासन सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने क्रियाकलाप संचालन गर्नु पर्ने हुन्छ । नेपाली समाजमा अब वैज्ञानिक समाजवादको स्थापना हुनसक्छ ।

५) अब सरकारले सुशासनका विज्ञहरुलाई खोजीखोजी अनुसन्धानको लागि सम्बन्धित कार्यमा सक्रिय सहभागी गराई जिम्मेवारी दिएमा देशको सुशासन स्मार्ट बनाउन सकिन्छ । यदि यस्तो क्रियाकलापमा सरकार अगाडी बढेमा देशमा असल सुशासन स्थापना हुन सक्छ । यो लेखबाट सरकारले ठूलो पाठ सिक्नुपर्छ भनी समाजको तर्फबाट नेपाल सरकारलाई सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त

नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

बाँके । ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना

शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित

प्रहरी प्रधान कार्यालयद्वारा ३७ जना एसपीको पदस्थापन, को कहाँ ?(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ