पाथीभरामा केवलकार बन्नु विकास होइन, व्यापार हो



-गणेश कार्की

मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, सरल भाषामा भन्ने हो भने फिल्ममा कुनै खलनायकले फगतः कमाइका लागि कुनै गाउँमा गएर गर्ने तिकडम र अतिक्रमण भन्दा अलग छैन । सोच्नुहोस् त, कसैको सांस्कृतिक पहिचान, सभ्यता जोडिएको क्षेत्रलाई केवल पैसाका लागि संरचना खडा गर्न तम्तयार हुनु, राज्यले निर्माणकर्तासँग गरेको सम्झौता हालसम्म पनि लुकाएर अपारदर्शी सम्बन्ध स्थापित गर्नु र विरोध गर्ने स्थानीयहरूमाथि गोली नै चल्नु कुनै फिल्ममा खलनायकले गर्ने व्यवहारभन्दा अलग छ र ?

मुक्कुम्लुङ (पाथीभरा) मा केवलकार बन्नु विकास होइन, व्यापार हो । विकासको पहिलो उद्देष्यमा स्थानीय पर्छन्, व्यापारमा पैसा । यसो त, व्यापार आफैमा सहि वा गलत होइन, प्रक्रिया र अन्तर्यले त्यसलाई व्यापार वा अतिक्रमण वा तस्करी बनाउँछ । स्थानीयलाई विश्वासमा नलिई, दिगो विकासको अवधारणालाई आत्मसाथ नगरि गरिएका काम अतिक्रमण वा तस्करी बन्छ । मुक्कुम्लुङ (पाथीभरा) मा जे भइरहेको छ, त्यो व्यापार नै हो भन्न सकिने गरि प्रमाणित छैन ।

देशभर व्यापार चाहिदैन, विकास चाहिन्छ । मानव सभ्यताले विकासमात्रले गरेको हानी देखेर दिगो विकासको अवधारणा ल्याएको पनि निकै भइसक्यो । त्यो अवधारणाले भन्छ – विकासले वर्तमान पुस्ताको आवश्यकताहरू पूरा गर्ने क्रममा भावी पुस्ताले आफ्ना आवश्यकताहरू पूरा गर्ने क्षमतामा असर नपर्ने सुनिश्चित गर्नु पर्छ । स्रोत र साधनको यसरी प्रयोग गरिनु पर्छ कि त्यसले त्यहाँको जीवनस्तर बढाओस् तर स्रोतको अखण्डतामा कुनै हानी नगरोस् । अर्थात्, जरो नउखेलि र बोटलाई असर नपुर्याइ त्यसको पैदावारको मात्रै उचित र हदैसम्मको उपयोगीता गरिनु पर्छ ।

मुक्कुम्लुङ (पाथीभरा) मा ‘जरै उखेलेर’ भोलिलाई र स्थानीयलाई समेत असर गर्ने गरि अपारदर्शी ढंगले बनाउन लागिएको संरचना सहि हो भन्न सकिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादी आइलागे प्रतिरोध गर्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको सरकारले प्रतिगमनकारी शक्तिहरूलाई

६ महिनापछि गाउँ फर्किए तिङ्करवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरु छ महिनापछि गाउँ फर्किएका

मधेस प्रदेशमा १२ अर्ब ७० करोड लागतका ६४ सडक योजनाको एकैपटक शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका

राजेन्द्र लिङ्देनको चेतावनीः हाम्रो भद्रतालाई कमजोरी ठानियो भने लडाइँ सुरु हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई