सशस्त्रका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको मन्त्रिपरषद बैठकले सशस्त्र प्रहरी बलका चार डीआइजीको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

यसरी म्याद थप हुने डीआईजीहरुमा शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङ छन् । सशस्त्र प्रहरी बल नियमावलीमा डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा रहेको छ ।

सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद बैठकले यस्तो सुविधा उपभोगको अवसर दिएको हो । सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले दुई साता अघि नै डीआईजीहरुको एक वर्ष समय थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिउँसो पक्राउ परेका कमल थापा, दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष

सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए