सामाजिक संरचना र यसले मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा छलफल



काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा र हार्ट क्लब नेपाल ललितपुरको संयुक्त आयोजनामा ‘सामाजिक संरचना र यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

ललितपुरमा आयोजित कार्यक्रममा विज्ञहरुले समाजिक संरचनाको भूमिकाले मानव स्वास्थ्यमा प्रभाव पारेको बताएका थिए । कार्यक्रममा समाजिक संरचनाको भूमिकाले मानव स्वास्थ्यमा पार्ने प्रभावकाबारेमा छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका सभापति डा. लक्छी सिंहले हिजाआज औषधि भन्दा  सामाजिक सन्तुलनले मानव स्वास्थ्यमा निकै असर पारेको बताए ।

उनले भने, ‘हिजोआज औषधि भन्दा सामाजिक सन्तुलनले मानव स्वास्थ्यमा निकै असर पारेको छ । त्यसको उदाहरण खानपिनका बारेमा जनचेतना अभिवृद्धि गर्नुपर्छ । त्यसका लागि समाज, समूह, टोल, क्लब, चौतारा, टोली र संगठनको भूमिका अतिनै आवश्यक छ ।’

कार्यक्रमको अध्यक्षता हार्ट क्लब नेपाल कार्यबाहक अध्यक्ष निर्मलकुमार प्रधानाङ्ग, नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाका सभापति बालकृष्ण तुलाधर, हार्ट क्लब नेपालका केन्द्रीय महासचिव मोहननाथ मास्के, नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा, हार्ट क्लब नेपाल केन्द्रीय कार्यालय र हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका कार्यसमितिका पदाधिकारीहरु, विभिन्न विषयका विधावारिध विज्ञहरु, चिकित्कहरु, विश्वविधालयका प्राध्यापकहरु, वरिष्ठ निजामती तथा अन्य कार्यालयका सेवानिवृत्त राष्ट्रसेवकहरु, नास्टका पूर्वसदस्य सचिव डा.महेशकुमार अधिकारीलगायत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको बडिगाडमा जिप दुर्घट, दुईजनाको मृत्यु, पाँच घाइते

  ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

ठमेलमा प्रहरी कुटपिटमा संलग्न अखिल नेता धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले

यस्तो छ महाशिवरात्रीमा उपत्यकाको ट्राफिक व्यवस्थापन

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न