हिंसा प्रभावितको न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध छः आइजिपी कुँवर



काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले हिंसा प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरीको अपराध अनुसन्धान विभाग र महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको संयुक्त आयोजनामा लैंगीक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित कार्यक्रममा उनले लैंगीक हिंसा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको बताए ।

लैंगीक हिंसाबाट प्रभावित महिला, बालबालिका र ज्येष्ठ नागरिकमा न्यायको पहुँच सुनिश्चितताका साथै हिंसा नियन्त्रणका लागि देशभर २३२ वटा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरी सेवा प्रदान भइरहेको महानिरीक्षक कुँवरले जानकारी दिए ।

उनले नेपाल प्रहरीमा लैंगीकमैत्री कार्य वातावरण र लैंगीक संवेदनशीलतालाई सुनिश्चित गर्न लैंगीक नीति २०६९ लाई परिमार्जन गरी नेपाल प्रहरी लैंगीक कार्य नीति २०८१ ल्याइएको जानकारी दिए ।

उक्त नीति आजै सार्वजनिक गरिएको छ । यसले नेपाल प्रहरीलाई कुनै प्रकारका हिंसाप्रति संवेदनशील भई कार्य गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।

‘हिंसा र विभेदका घटना नियन्त्रणका लागि कटिबद्ध रहँदै प्रहरीले पालना गर्नुपर्ने आचरणका विषयमा समेत आचारसंहिता बनाइ कार्यान्वयन गरिएको छ । प्रविधिको विकास र आधुनिक समाजमा देखापरेको अपराधका प्रवृत्तिले थप चुनौती पैदा भएकातर्फ पनि प्रहरी केन्द्रित भएको छ’, महानिरीक्षक कुँवरले भने ।

प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले एकल प्रयासले मात्रै हिंसा रोक्न नसकिने भएकाले सबैको ऐक्यबद्धता आवश्यक भएको बताए ।

कार्यक्रममा निर्देशनालयकी प्रहरी नायब उपरीक्षक रुपा थापाले समग्र अपराधमा लैंगीक हिंसाका घटना २६ प्रतिशत रहेको तथ्यांकले देखाएको जानकारी दिइन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी कविता अर्याल, गृह मन्त्रालयका उपसचिव सुरेशराज जोशीलगायतले हिंसा नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो औँल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

गाईघाट । पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

४१ अर्ब लगानी गरेर यो नचल्ने विमानस्थल किन बनाइयो ?

भैरहवा (रूपन्देही)। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

कावासोतीमा मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

मध्यविन्दु । नवलपरासीको कावासोती नगरपालिका—१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ ।

धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण : ऊर्जामन्त्री खड्का

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण