बक्यौता उठाउने प्राधिकरणको अर्को विकल्पः बैंक खाता र सेयर कारोबार रोक्का गर्न राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी राजिस्ट्रारलाई पत्राचार



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको बैंक खाता र सेयर कारोबार रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरणले बैंक खाता रोक्का र सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा रोजेको हो ।

प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ ।

प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ उठाउन बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सञ्चालक समितिको बुधबारको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको थियो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनको समय दिएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरुको लाइन काट्ने जनाएको थियो । उक्त समयावधि आज सकिने भएपछि समितिको बैठक बसेको हो । उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो ।

सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले बैकल्पिक उपायबाट उद्योगहरुसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने बताएका थिए । बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले भने यसमा असहमति राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले नेपाली कामदारलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमासमेत लैजाने

  काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनः अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी रूपमा

घाउमा ‘ड्रेसिङ’ गर्न भन्दै कोठामा बोलाएर फार्मेसी सञ्चालकलाई बलात्कारमा फसाउन खोज्ने तीनजना पक्राउ

काठमाडौं । प्रहरीले फार्मेसी सञ्चालकलाई हनीट्रयापमा पारेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ

सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

सुनसरी ।  सुनसरीको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका