डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण



काठमाडौं । डिजिटल सवारी चालक अनुमतिपत्र नियमनका लागि ट्राफिक प्रहरीलाई चार सय आठ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्रीबहादुर सिंह लामाले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्ट फोन हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री लामाले यसबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताए । उनले नागरिकको गुनासालाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने बताए ।

कार्यक्रममा बागमतीका यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेल, बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले उक्त स्मार्ट फोनले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा प्रदेश यातायात मन्त्रालयका सचिव बलराम निरौलाले मन्त्रालयका भावी योजनाबारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

सर्लाही । सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको

सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा(फोटोफिचर)

काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्रा शुरु भएको छ । शनिबारदेखि मत्स्येन्द्र बहालदेखि शुरु

रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी ।  मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने