रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान



काठमाडौं  । इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा आज पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन गरेको जाहेरीपछि पक्राउ परेका धनुषाका दिलीप राउतलाई इन्टरपोलमार्फत सोमबार नेपाल ल्याइएको थियो ।

उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले आजै पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिए।

उनका अनुसार अनुसन्धानका क्रममा राउतले सुरुमा महिलालाई दुबईको कम्पनीमा मासिक ४० हजारसम्म तलब हुने प्रलोभन देखाई भिजिट भिषामा दुबई पुर्‍याएर आफू बस्ने फ्ल्याटमा बन्धक बनाई घरेलु काममा लगाई चरम श्रम शोषण र यौन शोषण गरेका पाइएको छ ।

त्यसपछि युएईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिसमा क्लिनरको सजिलो काम हो भनेर दुबईबाट कुवेतमा लगी कुवेतस्थित एजेन्ट अफिसमा मानव बेचबिखन गरी बन्धक बनाई चरम श्रम र यौन शोषण गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।

आफू बेचिएको थाहा पाएपछि पीडितले नेपाल फिर्ता गराउन अनुरोध गर्दा आरोपी राउतले पैसा मागेपछि उनले मागेबमोजिक छ लाख ७५ हजार रकम बुझाई नेपाल फर्कन सफल भएका थिए । त्यसपछि पीडितले गत जेठ ३१ गते ब्युरोमा जाहेरी दरखास्त दिएपछि राउतको खोजी सुरु भएको थियो ।

आवश्यक अनुसन्धान गर्दा रावत कुवेतमा रहेको भन्ने जानकारी पाएलगत्तै ब्युरोले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग (इन्टरपोल शाखा) मार्फत गएको असोज १८ गते रेड नोटिस जारी भएको थियो ।

सोही आधारमा कुवेतस्थित इन्टरपोल शाखाको सहयोगमा उनलाई पक्राउ गरी सोमबार नेपाल झिकाइएको प्रहरी उपरीक्षक रिमालले बताए। अदालत पेस गरिएकोमा आज मंगलबारको थुनछेक आदेशले उनलाई कारागार चलान गरिएको रिमालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छठ पूजाका लागि धपक्कै बल्यो कमलपोखरी(फोटोफिचर)

काठमाडौं । छठ पर्वको रौनक यतिबेला काठमाडौं उपत्यकामा पनि बढेको छ । काठमाडौँ

जलवायु वित्त कोषमा प्रभावित मुलुकको सहज पहुँच हुनुपर्नेमा जोड

काठमाडौं । सरकारका प्रतिनिधि, जनप्रतिनिधि, जलवायु क्षेत्रका विज्ञ, नागरिक समाजका अगुवालगायतले कार्बन उत्सर्जनमा

बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

ढोरपाटन । बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

ब्रिटिश संसदमा मनाइयो दीपावली

लण्डन । बेलायती संसदको निमन्त्रणामा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमी, युकेले पहिलो पटक ब्रिटिश