टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता



काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो ।

दर्ता भएसँगै अब टिकटकले कानूनी वैधानिकता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताए । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो ।

टिकटक  नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान

काठमाडौं  । इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा आज

बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

ढोरपाटन । बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

ब्रिटिश संसदमा मनाइयो दीपावली

लण्डन । बेलायती संसदको निमन्त्रणामा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमी, युकेले पहिलो पटक ब्रिटिश

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने ७२ अर्बका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने

काठमाडौँ । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब बराबरका पाँचवटा