गैँडाको आक्रमणबाट नवलपरासीको कावासोतीमा गोठालाको मृत्यु



 

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मंगलबार दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते हुनु भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुल्यो, डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने निर्णयविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध

एक सय ६२ सडक मानवको उद्धार

बागलुङ । २३ दिन दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय

पृथ्वीराजमार्गको ६३ किलोमिटर कालोपत्र सम्पन्न

तनहुँ। मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ।

प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य सिफारिस

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा.