प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुल्यो, डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने निर्णयविरुद्धको रिट खारेज



काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिट खारेज गरिदिएको छ ।

मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरिदिएको हो । प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले रिट दायर गरेको थियो । यससँगै प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुलेको छ ।

डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ट स्टिलले २०७५ फागुन ९ गते सर्वोच्चमा रिट दर्ता गरेको थियो ।

सो उद्योगले १३ करोड ६५ लाख एकहजार ९०२ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । मुलुकमा दैनिक १८ घण्टा लोडसेडिङ भइरहँदा प्राधिकरणबाट विशेष सुविधा पाएर विद्युत खपत गरेका ४९ वटा उद्योगबाट ६ अर्ब रुपैयाँ भन्दाबढी बक्यौता उठाउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हासिल

यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता

प्रगति ढकाल, काठमाडौँ  । पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पुर्‍याएको असरको विषयमा नेपालले गम्भीरताका

सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

डुम्रे । ‘बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु,’

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन्