तनहुँ । देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले सूचीकृत लाभग्राहीलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। समितिको गत भदौ २५ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका लाभग्राहीलाई पुर्जा प्रदान गरिएको जनाइएको छ।
यसअघि समितिले वडा नम्बर १ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन सातदिने सूचना जारी गरेको थियो।
जग्गाधनी पुर्जा प्राप्त गर्ने लाभग्राहीमा मिनु थापा गुरुङ, सुशिला गुरुङ, छबिलाल गुरुङ, बुद्धबहादुर परियार, शम्भबहादुर दमाई, सुनिता दर्जी, सूरज दमाई, एकबहादुर दर्जी, विष्णुबहादुर माझी र होमाया परियार रहेका छन्।

प्रतिक्रिया