भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने



 

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।

भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने भएका हुन् ।

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लक्ष्मीपूजाको दिन विद्युत्को माग गत बर्षभन्दा एक सय ६४ मेगावाट बढी

काठमाडौं ।  यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड)

निजी टेलिफोन संवादको विषय अनुमतिबिना बाहिर ल्याउनेमाथि कानूनी प्रक्रियामा जाने रास्वपा उपसभापति अर्यालको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले अनुमति विना आफ्नो निजी टेलिफोन

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही, दुई वर्षमा कालोपत्र गर्नुपर्नेमा पाँच वर्षसम्म अलपत्र

गलकोट ।  दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष

रविका समर्थनकले गगन थापाहरूसँग थुतुनो बजाएर के पाउँछन् त ?

जेपी गुप्ता । बाँच्नेले त संसार हेर्छन्। मरेर जानेलाई कसले सम्झेका छन् र