भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण



जानकी (बाँके) । भारत सरकारले बाढीपीडितका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्।

एक करोड १८ लाख ५१ हजार २० भारतीय रुपैयाँ बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो।

सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए। सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाल छन्।

भारत सरकारको तर्फबाट अझै सामग्री आउने र सबै सामग्री सङ्कलन भएपछि मात्र हवाईजहाजमार्फत काठमाडौँ पठाइने प्रजिअ रिजालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ

ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना

  काठमाडौँ । नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान