दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त



काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९ लाख दश हजार तीन सय ९० रुपैयाँ सहयोग प्राप्त भएको छ ।

सोमबार नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट एक करोड, प्रभु बैंकबाट एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट एक करोड, एभरेष्ट बैंक लिबाट ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्सबाट २५ लाख, प्रमु महालक्ष्मीबाट २५ लाख, प्रभु क्यापिटलबाट २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट १० लाख, इनर्जी ट्रीबाट आठ लाख एकहजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट पाँच लाख नौहजार तीनसय ९० गरी जम्मा चार करोड ७९ लाख १० हजार तीन सय ९० उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

धुलिखेल । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र