बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई सरकारको निर्देशन



 

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले शनिबार विज्ञप्ति जारी गरी सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी दिए । प्रदेश, जिल्ला र स्थानीय तहका दु्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।

प्रादेशिक स्वास्थ्य आपत्कालीन केन्द्रले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय समूहलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ ।

हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्नसमेत अनुरोध गरिएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई चौबिसै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्तिन सक्ने पानीजन्य रोगहरू पखाला, हैजा तथा कीटजन्य रोगहरू डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ ।

मन्त्रालयले आपतकालीन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको हटलाइन १०२ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याका बारेमा जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई

पार्टीलाई सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीले खेलेको भूमिका प्रशंसायोग्यः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपूर्ण

हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा

रुकुम पूर्व ।  हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ

नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

काठमाडौँ । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट