असोज १२ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने



काठमाडौं । सरकारले दशैँका लागि असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सरोकारवाला निकायसँगको उपस्थितिमा भएको छलफलले दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुलाउने निर्णय गरेको हो ।

दशैंका लागि आगामी असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

सरकारले लामो दूरीका सवारी सञ्चालनका लागि घटस्थापना अघि नै सडक मर्मत गरिसक्ने र यातायात व्यवसायीले पनि अग्रिम टिकट खुलाइ सेवा दिने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको सिटौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४३ डीएसपीको सरुवा(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा

प्रहरी प्रधान कार्यालयले गर्यो ४१ एसपीको सरुवा(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ

फेसबुक ‘लाइभ’मा आएर रविले भने-हिजो पनि अन्याय हुँदा सघाउनु भयो, आजपनि अन्याय गर्न खोज्यो भने अलर्ट रहनुहोला

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न

विराट मेडिकल कलेजले एकैपटक माग्यो एक हजार नर्स

काठमाडौँ । । विराटनगरस्थित विराट मेडिकल कलेजले एकै पटक एक हजार नर्स पदपूर्ति