मौसममा फेरि फेरबदल, कृषि क्षेत्रमा असर पर्नसक्ने



 

काठमाडौँ ।  आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डसँग मनका कुरा !

रविन्द्र मिश्र । सोमबार कार्यक्रममा भेट भयो । मंगलबार वर्षौँपछि प्रचण्ड निवासमा भेट

त्रिविमा २०५८ सालपछिका परीक्षार्थीले एकपटक मौका परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको भेटिए परीक्षा

सिस्नेरी–दक्षिणकाली सडक असोज १९ सम्म बन्द हुने

काठमाडौं ।  काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीको सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात

लेबननमा इजरायली हमलामा ४९२ जनाको मृत्यु

बीबीसी । लेबननमा हिजबुल्लाहलाई लक्षित गरेर इजरायलले गरेका भीषण हवाई हमलामा परी कम्तीमा