तनहुँका प्रकाश गुरुङले गरे मनास्लु हिमालको सफल आरोहण



दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गरेका हुन् । भदौ १४ गते काठमाडौँबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुगेका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गरेका हु्न् । आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले जानकारी दिए ।

“सबै प्रतिकूलतालाई सामना गर्दै कठोर मौसमका बाबजुद पनि हामी मनास्लुको शिखरमा पुग्न सफल भयौँ,” उनले खुसी साट्दै भने, “हावा भीषण चलेको थियो, चिसो ज्यादै थियो तर हाम्रो दृढ सङ्कल्पले हामीलाई शिखरमा पुर्यायो ।” विश्वको आठौँ अग्लो हिमाल मनास्लुको उचाइ आठ हजार एक सय ५६ मिटर छ ।

गुरुङले सगरमाथाको दुईपटक सफल आरोहण गरेका छन् । विसं २०८० जेठ ११ र विसं २०८१ जेठ ७ गते उनले सगरमाथा आरोहण गरिसकेका छन् ।

सन् २०१४ देखि पर्यटन व्यवसायमा आवद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लागेका हुन् । गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसकेका छन् ।

पर्वतारोहण गाइडमा सुरुका दिनमा शेर्पाहरुको बर्चस्व रहँदा पनि सङ्घर्ष गर्दै अगाडि बढेको उनको भनाइ छ । उनले भने, “पर्यटनमार्फत् नेपाललाई विश्वमा चिनाउने अभियानमा छु ।”

गुरुङले गत वर्षको पुस महिनामा ६ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गरेका थिए । अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुंगियो ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद

काठमाडाैं । ढल्केबर-सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको

सर्लाहीमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

  बरहथवा (सर्लाही) । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेका आठमध्ये सात पक्राउ

  जनकपुर ।  जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार

मेलम्ची भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित चार जनालाई ८ वर्ष १ महिना कैद सजाय

काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका