जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी



ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनको शनिबार ललितपुरमा आयोजित २५ औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा भण्डारीले जबजको मुख्य नीति राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने रहेको र त्यसका लागि हरेक नागरिक आत्मनिर्भर हुँदै जानुपर्ने बताइन् ।

‘जबज क्रान्तिकारी परिवर्तनको नवीन विचार हो । कम्युनिष्ट पार्टीमा लागेर प्राप्त गरेको पद, प्रतिष्ठान पनि जबजको प्रतिफल नै हो । यसैका आधारमा सामाजिक जागरण र जनतालाई आत्मनिर्भर बजाउन क्रियाशील हुनुपर्छ । दलाल पुँजीवादको भरमा समाजवादमा पुग्न सकिँदैन, त्यसकारण आत्मनिर्भर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ’, उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय पुँजीको प्रवद्र्धन गरेर समाजवादमा पुग्न सकिने धारणा राख्दै संरक्षणमा उत्पादन वृद्धि र व्यापारको सन्तुलन कायम गर्न ध्यान दिनुपर्नेमा जोड दिइन् ।

‘कृषि प्रधान देशमा हामी परनिर्भर छौँ । बाहिरबाट सामान ल्याउने, भन्सार उठाउने, अनि तलब खुवाउने कार्यले देशको विकास हुन सक्दैन’, उनले भनिन्,’हामीसँग आधारभूत स्रोत छ, यसलाई आधुनिक ढङ्गले प्रयोग गरेर युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’

भण्डारीले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरू गर्दै आएको बताइन् ।

‘सीमित स्रोतसाधन र प्रतिकूलताका बीच पनि राष्ट्रिय जीवनका लागि काम गर्नु महत्वपूर्ण हो, विसं २०५० मा स्थापना भए पनि संस्थागत हिसाबले २०५६ सालदेखि फाउन्डेसन क्रियाशील छ । रजत जयन्ती मनाउँदासम्म यसले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ’, उनले भनिन्,’म पनि जबजकै स्कुलिङबाट आएको हुँ, फाउन्डेसनको सुरुवातले वामपन्थी आन्दोलनमा प्रगतिशील काम भएको छ । फाउन्डेसन समाजिक संस्था भए पनि वैचारिक सामाजिक संस्थाका रूपमा परिचित छ, फाउन्डेसनलाई कम्युनिष्ट फलाउने शक्तिका रूपमा लिइएको छ, यसलाई साझा बनाउन सक्दा राम्रो हुन्छ ।’

अहिले देशको मौलिक कला, संस्कृतिमाथि हस्तक्षेप भएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले कला, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताइन् । ‘कलासंस्कृतिमाथि समस्या देखापरेको छ, भाषा संस्कृतिमाथि हस्तक्षेप भइरहेको छ, राष्ट्र र जनता पहिलो हो, तसर्थ यसलाई ध्यान दिएर काम गर्नुपर्छ’, उनले भनिन् ।

कार्यक्रममा जनगायक रामकृष्ण दुवाललाई एक लाख एक हजार राशिको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । त्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्द्रजात्राको अन्तिम दिन वसन्तपुरमा महिलाहरूले ताने रथ

काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन शनिबार काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा महिलाहरुले रथ तानेका

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा छः सभापति देउवा

काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश

बहुमत नभएको अवस्थामा लोकप्रिय मत बढी ल्याउनेले सरकार गठन गर्ने व्यवस्था हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र

५२ करोडको लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी। मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली