जिप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षको मृत्यु



ढोरपाटन (बागलुङ) । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा उनकै आमा ६१ वर्षीय गोपीमाया बुढाको पनि मृत्यु भएको छ ।

अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जिप दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । जिप सडकबाट ३ सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपा नेता रविन्द्र मिश्र र धवल शम्शेर राणा पक्राउ

काठमाडौँ । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर

कर्फ्युको समय शनिबार बिहान ७ बजेसम्म थपियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको समयावधि लम्ब्याएको छ । यसअघि प्रशासनले

‘नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा यही संविधानको दायरा भित्रैबाट खोजौं’

काठमाडौं । नेपाली कांग्रेसले राजधानीको तिनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक

पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

काठमाडौँ । नेकपा एमालेले सबै राजनीतिक दललाई पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान