२८० जना अधिकृत क्याडेटका लागि सेनाले माग्यो आवेदन



काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा अधिकृत क्याडेट मागेको छ । सेनाले अधिकृत क्याडेटर्फ २८० जनाका लागि आवेदन माग गरेको हो । रिक्त अधिकृत (सहायक सेनानी/उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिट छुट्याइएको छ । त्यस्तै खुलातर्फ १४७, महिला २४, आदिवासी–जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ ।

आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११ जिल्ला न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषदले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको

जङ्गी अड्डामा नेपाल–भारतका सेना प्रमुखबीच के विषयमा भयो कुराकानी ?

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी

मन्त्री हेरफेर हुने कुरामा अहिलेसम्म कुनै छलफल भएको छैनः गृहमन्त्री लेखक

सुदूरपश्चिम । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका

अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको गएको छ । बिहीबार बिहान