टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय



काठमाडौँ । सरकराले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यससम्बन्धमा केही दिनदेखि सरोकारवालहरूसँग छलफल गरेको थियो ।

सरकारलाई पटक–पटक प्रतिबन्ध हटाइदिन लिखित रूपमै आग्रह गर्दै आएको टिकटकले पनि यसै साता नेपालका सर्तहरू मान्न तयार रहेको व्यहोरासहितको पत्र सञ्चार मन्त्रालयमा बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए

ललितपुरको जावलाखेलमा देखाइयो भोटोजात्रा(फोटोफिचर)

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन् । उनी आइतबार अपरान्ह