अविरल वर्षाका कारण १२ सय मेगावाट कम विद्युत उत्पादन



काठमाडौँ । अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादनगृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युतगृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै छ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युतगृह बन्द भएका छन् ।

प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढीका कारण हिजो साँझदेखि बन्द छ ।

यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’ १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत् आयोजनासमेत बन्द भएको छ । प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन् ।

प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएको छ । नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

केही आयोजना भने कम क्षमतामा चलेका छन् । प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिुख एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी सात मेगावाट, त्रिशूली छ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र पाँच मेगावाट र चमेलियाबाट १४ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय सरकार प्रमुख भन्छन्-सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ

  नारायण न्यौपाने, काठमाडौँ । बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त

हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको

‘आँटेको पुर्याइदेउ रेशम बागलुङ कालिका…’

गण्डकी । नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र