गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ मंगलबार नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

यसअघि, न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त विवादमा सुनुवाइका लागि आवश्यक कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गत जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ किलो चाँदीका गहनासहित काठमाडौंमा तीनजना पक्राउ

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० घाइते

काठमाडौं ।  मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित

स्याङ्जामा पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव फेला

  वालिङ (स्याङ्जा) ।  स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव