देउवा र माधव नेपालबीच भेटवार्ता



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

मंगलबार अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको नेता रायमाझीले बताए ।

नेता रायमाझीका अनुसार अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ किलो चाँदीका गहनासहित काठमाडौंमा तीनजना पक्राउ

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १४ दशमलव २५० किलो

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० घाइते

काठमाडौं ।  मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथयात्रा शुभारम्भ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित

स्याङ्जामा पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव फेला

  वालिङ (स्याङ्जा) ।  स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरामा पुरिएर बेपत्ता भएकी वृद्धाको शव