सहकारी छानबिन समितिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग सुझाव लिने



काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय राजनीतिक मान्यता प्राप्त दलहरूलाई समस्याको बुझाई र समाधानको उपाय लिखित रुपमा उपलब्ध गराउन पत्राचार गर्ने भएको छ । मंगलबार बसेको समितिको आठौँ बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

मंगलबारको बैठकमा समितिले राष्ट्रिय सहकारी महासंघ ओमदेवी मल्ल, सिईओ चित्राकुमारी थाम्सुहाहाङ, पूर्वअध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंक अध्यक्ष केबी उप्रेती र सिईओ बद्री गुरागाईलगायत नेफस्कुन लगायतका संस्थाका पदाधिकारीसँग छलफल गरेको थियो ।

यसअघि समितिले गोरखा मिडियासँग जोडिएका नौ वटा सहकारीको विवरण माग गर्ने निर्णय गरेको थियो । गत जेठ १५ गते सहकारीको अनियमितता छानबिन गर्न संसदीय समिति गठन भएको थियो । सात सदस्यीय समितिलाई तीन महिनाको समय दिइएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अबिलम्ब राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनमा मागेको छ । आइतबार

बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु

  काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

  काठमाडौँ ।  सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।

जलसतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ