लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ



काठमाडौं । प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई शुक्रबार राति पक्राउ गरेको हो । भण्डारीलाई शुक्रबार राति पक्राउ गरिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए । भण्डारीलाई आइतवार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । बचतकर्ताको अर्बौं रकम फिर्ता दिन नसक्दा यो सहकारीलाई सरकारले गत फागुनमा समस्याग्रस्त घोषणा गरिसकेको छ । यो सहकारीमा २० हजारभन्दा बढी बचतकर्ता रहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा सामान्य अंकको बृद्धि

  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त

काठमाडौँ । गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा

मनाङको बाटो सधैँ जोखिमपूर्ण, सास्तीमा यात्री

मनाङ । देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको

मनसुनसँगै रोगहरूको जोखिम उच्च

 डा. प्रकाश बुढाथोकी मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने