नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले बेचन झालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप लागेको छ । उनले टोखाका रामशरण केसीसँग दुई करोडको चेक लिएका प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको बताइन्छ । यसअघि शुक्रबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादका छोरा प्रतिक थापालाई बौद्धबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको बाटो सधैँ जोखिमपूर्ण, सास्तीमा यात्री

मनाङ । देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको

मनसुनसँगै रोगहरूको जोखिम उच्च

 डा. प्रकाश बुढाथोकी मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने

बागलुङको काठेखोलामा शहीदको स्मृतिमा उद्यान निर्माण

ढोरपाटन (बागलुङ) । जिल्लाको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा शहीद स्मृति उद्यान निर्माण

रुपन्देहीमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा ।  नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया