‘सरकार महिनौँदेखि दूधको भुक्तानी नदिएर किसानलाई रुवाएर बस्ने हो ?’



काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानलाई दूधको मूल्य भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद बास्कोटाले दूधको भुक्तानी नदिएर सरकारले किसानलाई किन रुवाएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘किसानले दूधको भुक्तानी किन नपाएको हो ? महिनौँदेखि भुक्तानी नदिएर किसानलाई किन रुवाएको ? किसानलाई रुवाएर सरकार हासेर बस्ने हो ?’

उनले दूध खरिद गरेको निजीक्षेत्र व्यापार र नाफामा लिप्त रहेको र जवाफदेहिता नभएको बताए । उनले भने, ‘निजी क्षेत्रले पनि हलो हड्काएर गोरु पड्काउन पाउँदैन । नाफा चाहने त्यसमा लगानी गर्ने निजी क्षेत्र पनि बेखबर बस्न मिल्दैन ।’

लम्की स्किनको महामारी रहे पनि त्यसमा सरकारले ध्यान नदिएको उनले बताए । उनले सरकारले पैसाको अभाव भएको भनेर रमिता हेरेर बस्न नमिल्ने बताए ।

उनले भने, ‘मल, बिउ र कपडा किन्ने पैसा छैन ? बच्चाको स्कुलको फिस तिर्न पैसा छैन । बाबुआमा बिरामी छन्, सिटामोल किन्ने पैसा छैन । यस्तो खालको रमिता हेरेर बस्न मिल्छ कि मिल्दैन सरकारलाई सोध्न चाहन्छु, एक वर्षदेखि एउटै कुरा दोहोरिरहन्छ भने जनताले आशा कसरी गर्ने ?’

उनले किसानले आफ्नो पसिनाको मूल्य माग्दा भिख मागेको जस्तो व्यवहार सरकारले गरेको आरोप लगाए । उनले किसानले अब फ्रान्सको जस्तो ट्याक्टर लिएर सडकमा जानुपर्ने हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘किसानले के गर्ने फ्रान्समा जस्तो ट्याक्टरहरु लगेर सडकमा राख्नुपर्ने हो कि गाईबस्तु लगेर सडकमा छोड्नुपर्ने हो त ? यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुन महिनामा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी

प्रचण्डप्रति बाबुरामको व्यंग्यः सबैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैंभरी ठग्न सकिन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार अल्पमतमा परेकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ

साउन २३ देखि हुने एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन