संसदीय छानबिन समितिले गोरखा मिडियाको स्थलगत अनुगमन गर्नुका साथै गृहमन्त्री लामिछानेसँग पनि बयान लिने



काठमाडौं । सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ । समितिले शुक्रबार कार्यविधिलाई अन्तिम रूप दिएको हो ।

कार्यविधिमा गोरखा मिडिया नेटवर्क प्रालिको कार्यालयमा स्थलगत अनुगमन गर्ने र सञ्चालक र व्यवस्थापकसँग पनि बयान लिइने उल्लेख छ ।

कार्यविधिमा भनिएको छ, ‘संकटग्रस्त सहकारी संस्थाका अध्यक्ष, सञ्चालक वा व्यवस्थापक र व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्ति, अनुसूची–२ मा उल्लिखित सहकारी संस्थाहरूबाट रकम प्रवाह भएका गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूका तत्कालीन र वर्तमान सञ्चालक, व्यवस्थापक वा व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्तिहरूमाथि सोधपुछ गर्ने छ ।’

समितिले सभाका अन्य विषयगत समिति, मन्त्रालय, विभाग, राष्ट्र बैंक र निकायहरूसँग समन्वय गर्नसक्ने जनाइएको छ । त्यस्तै निर्णय गर्दा बैठकबाट सर्वसम्मति नभएमा बहुमत सदस्यबाट निर्णय गरिने कार्यविधि बनाइएको छ । सहकारी रकम अपचलनबारे छानबिन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । समितिलाई तीन महिनाको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माथिल्लो मनाङमा हिमपात

मनाङ । देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ ।

अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय गरेको

आज साँझदेखि वर्षा कम हुने

काठमाडौँ । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान

काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० बेपत्ता

काभ्रेपलाञ्चोक । तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको