सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णयविरुद्ध रिट दायर



काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता विमल पोखरेलले दायर गरेको रिट निवेदनमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो सङ्ख्यामा लक्षित समूह वञ्चित हुने उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले गत जेठ २४ गते सामाजिक सुरक्षा वितरण गर्न २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णय गरेको थियोे । सरकारले जिल्ला प्रशासन कार्यालय र ५४ वटा इलाका प्रशासन कार्यालयबाट मात्रै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने निर्णय गरेपछि वृद्धालाई यो निर्णय असहज भएको रिट निवेदनमा छ ।

रिट निवेदनमा बाढी पहिरोको समयमा यातायातको साधन नचल्ने, पहाडी र दुर्गम क्षेत्रका वृद्धवृद्धा जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालय आउन सम्भव पनि नभएकाले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्यमा तत्कालै रोक लगाउन माग गरिएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा आफैँ उपस्थित भई बायोमेट्रिक अनिवार्य गर्नुपर्ने व्यवस्था भएकाले धेरै वृद्धवृद्धा रोगी, हिँडडुल गर्न नसक्ने, एकल भएको, छोराछोरी विदेश वा सहरमा हुने र घरमा वृद्धवृद्धा मात्रै बसोबास गर्ने हुनाले जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा पुग्न सम्भव नभएको समेत रिट निवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट

दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज

जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य छिट्टै अघि बढ्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक

उदयपुरमा आमा छोराको हत्याका अभियुक्त सार्वजनिक

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको